काठमाडौं : टी- २० विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियाले जितको छ । आइतबार भएको फाइनल खेलमा न्यूजिल्याण्डलाई पराजित गर्दै अष्ट्रेलिया टी-२० विश्वकप च्याम्पियन बन्न सफल भएकाे हाे।
दुबई मैदानमा भएको खेलमा पहिला ब्याटिङ गरेको न्यूजिल्याण्डले ४ विकेटको क्षतिमा १७२ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको अष्ट्रेलियाले १८ ओभर ५ बलमा २ विकेटको क्षतिमा लक्ष्य भेटायो । उसका लागि डेबिड वार्नर र मिचेल मार्शले अर्धशतक बनाए । मार्शले ७७ रन बनाउँदा वार्नरले ५३ रन जाेडेका थिए।
न्यूजिल्याण्डका लागि ट्रेन्ट बोल्टले २ विकेट लिए। अन्य बलरले सफलता नपाउँदा न्यूजिल्याण्डले उपविजेतामा चित्त बुझाउनु परेको हो । यसअघि पहिला ब्याटिङ गरेको न्यूजिल्याण्डका लागि कप्तान केन विलियम्सनले ८५ रन बनाएका थिए ।