जनकपुरधाम : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको नेपाल बन्दको कारण प्रदेश २ सहित देशभरको जनजीवन प्रभावित भएको छ ।
मंगलबार बिहानैदेखि जनकपुरमा लामो दुरीका सवारीसाधन चलेका छैनन् भने छोटो छोटो दुरीका गाडीहरु छिटफुट रुपमा चलेको छ । मोटरसाइकल भने अन्यदिन जस्तै चलेका छन् ।
बन्दको कारण व्यवसायीहरु नै नचलाएको कारण जनकपुबाट जाने आउने सवारीसाधान कम चलेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।
सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोधमा नेकपाले आज नेपाल बन्द आह्वान गरेको हो।