अप्पन जनकपुर
जनकपुरधाम । धनुषाको विदेह नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।
कमला नदीमा कात्तिक स्नान गर्न गइरहेका तीर्थयात्री सवार ट्याक्टर विदेह नगरपालिका–७ मा पल्टिएर दुर्घटना भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।
मृत्यु हुनेमा भारत सितामढीका अम्बिका देवी र रामदयाल यादव छन् । उनीहरुलाई उपचारका प्रादेशिक अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीको भनाइ छ ।
दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि प्रादेशिक जनकपुरधाम ल्याइएको छ । घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको छ ।