काठमाडौँ : चितवनको नारायणी किनारमा हुने नेकपा एमालेको महाधिवेशनमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी २ हजार ५ सय सुरक्षाकर्मी परिचालन गरिएको भएका छन् । दुवै प्रहरीले अतिरिक्त महानिरीक्षकको नेतृत्वमा त्यहाँ सुरक्षाकर्मी परिचालन गरेका हुन्। तीन जना डीआईजी पनि सुरक्षामा खटिनेछन्।
नेपाल प्रहरीका एआईजी सहकुल थापा महाधिवेशन सुरक्षाका लागि बिहीबार चितवन पुगेका छन्। बागमती, गण्डकी र लुम्बिनीका प्रहरी प्रमुख पनि बिहीबार नै चितवन पुगेका छन्।
बागमती प्रदेशका प्रहरी प्रमुख डीआईजी प्रकाशजंग कार्की, गण्डकी प्रदेश प्रहरी प्रमुख डीआईजी दिवेश लोहनी र लुम्बिनीका प्रदेश प्रहरी प्रमुख डीआईजी प्रकाश अधिकारीलाई पनि चितवनमा खटाइएको छ। प्रहरीले डग स्निफिङ र ड्रोनबाट पनि सुरक्षा निगरानी गर्ने भएको छ ।