नेकपा एमालेको १० औं महाधिवेशनबाट पुरुषतर्फ सबैभन्दा कान्छो केन्द्रीय सदस्यमा सन्जिव कुमार झा “सुरज” निर्वाचित भएका छन् ।
उनी १२६८ मत ल्याएर पुरुष तर्फ सबैभन्दा कान्छो केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।
युवा संघको केन्द्रीय उपाध्यक्ष रहेका उनी धनुषाबाट राजनीति गर्छन् ।
३८ वर्षीय युवा नेता उनी पार्टी अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छन् । उनी खुला तर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।