अप्पन जनकपुर
जनकपुरधाम : साताव्यापी सीता–राम विवाहपञ्चमीको आज तिलकोत्सव अर्थात् टीकाटालो सम्पन्न भएको छ ।
तिलकोत्सवका लागि जानकी मन्दिरबाट साधुसन्त, महन्थ र श्रद्धालुहरु बाजागाजासहित कोसेलीको पोका (भार) लिएर राम मन्दिर पुगेका थिए । त्यसपछि सुरु भएको थियो तिलकोत्सव समारोह ।
तिलकोत्सवमा जानकी मन्दिरका सहायक महन्थ रोषण दास बैष्णव माता सीताका पिता राजा जनक र राम मन्दिरका महन्थ राम गिरी भगवान रामको पिता राजा दशरथको भुमिकामा सम्धी मिलन गरे ।
त्रेतायुगमा सीतासँग विवाह गर्नुअघि भगवान रामको तिलकोत्सव भएको थियो । सोही बमोजिम वर्षेनी त्रेतायुगकै झझल्को दिनेगरी तिलकोत्सव मनाइन्छ ।