जनकपुरधाम : धनुषाको सिमा नाकाहरुमा विवाह पञ्चमीको अवसरमा सशस्त्र प्रहरीले आज नि:शुल्क मास्क वितरण गरिरहेको छ ।
कोरोना भाइरसको तेस्रो लहर फैलिन नदिने उदेश्यले विवाह पञ्चमीमा सहभागी हुन जनकपुरधाम आउने भारतीय श्रद्धालुलाई सशस्त्र प्रहरीले मास्क बांड्दैछन् । सुरक्षाकर्मीले बिना मास्क कसैलाई पनि सीमा नाकाबाट नेपाल आउन दिने गरेको छैन् ।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट नगराइन (जटही) ले करिब ४ हजार मास्क वितरण गरेको छ । विवाह पञ्चमीका श्रद्धालुलाई आवश्यक सहयोग गर्न हेल्प डेस्क पनि राखिएको गरिएको बिओपी नगराइन (जटही) का प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक संजय बरालले जानकारी दिए ।