सर्लाही : नेपाली कांग्रेसका प्रभावशाली नेता तथा संघीय सांसद डा.अमरेशकुमार सिंह १४औं महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।
सर्लाही निर्वाचन क्षेत्र नं. ४ बाट प्रत्यक्ष निर्वाचित सांसद डा.सिंहलाई प्रदेश नं. २ का महिला बालबालिकामत्ती वीरेन्द्र प्रसाद सिंहले दोब्बरभन्दा बढी मतले पराजित गरेका छन् ।
१४औँ महाधिवेशनमा केन्द्रमा चुनाव लड्ने तयारीमा रहेका सिंह आफ्नै निर्वाचन क्षेत्र सर्लाही–४ मा पराजित भएका हुन् ।
सर्लाही–४ मा महाधिवेशन प्रतिनिधिका लागि मंगलबार सम्पन्न मतदानमा प्रदेश २ का महिला बालबलिका मन्त्री वीरेन्द्र प्रसाद सिंह ५१६ मत पाएर प्रतिनिधि बन्दा सिंह २४८ मत पाएर पराजित भए ।
उनी प्यानलसहित पराजित भएका हुन् । मन्त्री सिंहको प्यानलबाट सुरेन्द्रप्रसाद सिंह ५ सय १६, वीरेन्द्रप्रसाद सिंह ५ सय १४, राजेश्वरप्रसाद सिंह ५ सय १४, रघुवीर कार्की ५ सय १३ मतसहित महाधिवेशन प्रतिनिधि बनेका छन् ।