काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहकी नातिनी कृतिका शाहले नेपाली नागरिकता लिएकी छन् । जिल्ला प्रशासनका कार्यालय काठमाडौंमा पूर्वयुवराज्ञी हिमानी शाहसँगै पुगेर उनले नेपाली नागरिकता लिएकी हुन् ।
हिमानी शाहको सनाखतमा उनलाई नागरिकता दिइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताएका छन् । नागरिकतामा उनको नाम ‘कृतिका राज्यलक्ष्मी देवी शाह’उल्लेखित छ । कृतिकाले वंशजको नागरिकता प्राप्त गरेकी हुन् । १८ वर्ष पुगेकी कृतिका पारस–हिमानीकी कान्छी छोरी हुन्।