कपिलवस्तु : शिवराज जेसीजले नया नेतृत्व चयन गरेको छ । विहिवार शिवराज १ शिवपुरमा भएको पाचौ साधारण सभा तथा चौथो अधिवेशनले खगेश्वर गिरीको अध्यक्षतामा नया समिति चयन गरेको हो । जसको कार्यकारणि उपाध्यक्षमा विष्णु भुसाल, गणेश जिसी, कानूनि सल्लाहाकारमा कविराज अधिकारी, महासचिवमा वाइपि पौडेल, कोषाध्यक्षमा विष्णु हमाल, उपाध्यक्षमा तिलक कार्की, मनिष बन्जाडे, रुपेन्द्र आचार्य, युवराज पौडेललाई चयन गरिएको छ ।
अधिवेशनमा वोल्दै वर्ष २०२१ का अध्यक्ष वुद्धिसागर सापकोटाले आफ्नो कार्यकालमा गरेका कामको वारेमा प्रकाश पार्नुभएको थियो । पूर्व अध्यक्ष विजय सापकोटाले युवाहरुको संस्थाले समाज परिवर्तनमा मुख्य भुमिका खेलेको भन्दै जेसिजले समाजिक काममा नेतृत्व लिने बताउनुभयो । शिवराज जेसीजले विभिन्न समयमा नागरिकहरुलाई परेका समस्यामा साथ दिइरहेको बताउनुभयो ।
त्यस्तै संस्थापक अध्यक्ष सरोज पौडेलले हेरेक गतिविधिमा जेसीज सहभागि हुनुपर्ने बताउँदै हेरेक ठाउँमा युवाले नेतृत्व गर्नुपर्ने बताउनुभयो । नया नेतृत्वलाई वधाई दिदै एक वर्षे कार्यकालमा नमुना काम गर्न सुझाव दिनुभयो ।
प्रकशित मिति : 2021-12-31
सम्बन्धित