जनकपुरधाम । धनुषाको बिदेह नगरपालिका ७ मा रहेको श्री विमलेश्वरनाथ बचत तथा ऋण सहकारी संस्था लि.को ९ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
आइतबार लोसपा नेपालका केन्द्रीय कार्यकारिणी सदस्य, धनुषा क्षेत्र नम्बर २ बाट निर्वाचित संघीय साँसद एवं पूर्वमन्त्री उमाशंकर अरगरियाको प्रमुख आतिथ्य र संस्थाका अध्यक्ष अमर कुमार साहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा बिशिस्ट अतिथि राष्ट्रिय सहकारी बैंक संचालक ध्रुव नारायण यादव, जिल्ला सहकारी संघ लि.धनुषाका कार्यवाहक अध्यक्ष विनोद प्रसाद रोहिता, जनता नमुना माबि गिधा बेलापटीका प्रधानध्यापक पवन कुमार मण्डल, प्रमोद मण्डल, निशान कु. यादव, जिवछ दास समाजसेवी इन्द्रनारायण मण्डल, दुखी मण्डल, रामसागर महतो, जितेन्द्र पाण्डे, बिमला साह, दिप्या देबी दास, गभु साह लगायतका किसान, व्यपारि, बुद्विजिबि, शेर सदस्यहरुको उपस्थितिमा लगायतले शुुभकामना मन्तब्य राखेका थिए ।