अप्पन जनकपुर
जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले ज्यान मार्ने धम्की दिएकी छन् ।
जनता समाजवादीकी नेतृ समेत रहेकी यादवले जनमत पार्टीका अध्यक्ष डा.सिके राउतलाई आफूहरूसँग टकराए मारिने सक्ने धम्की दिएकी हुन् ।
मन्त्री यादवले हिंसा भड्काउने अभिव्यक्ति समेत दिएकी छन् । बलिदान दिवस मनाउन गौर पुगेकी उनलाई डा.राउतका कार्यकर्ताले अवरोध गर्न खोजेका थिए ।
अवरोध छिचोल्दै कार्यक्रममा पुगेकी उनले राइस मिल घटना दोहोरिन सक्ने चेतावनी दिएकी छन् । ‘गौर नरसंहारको इतिहास राइस मिल जिवीतै छ । गौरमा फठा देखाउने प्रयास नगर । यहाँ लाठी भाँज्न मानिसले जानेका छन् । तुफानसंग टकराउने प्रयास नगर,’हिन्दी भाषमा भाषण गर्दै फिल्मी शैलीमा उनले चेतावनी दिँदै भनिन ‘तुफानसंग टकराउने प्रयास गर्यो भने त्यहि हालत हुन्छ । जुन गौरको राइस मिलमा भएको थियो । त्यो इतिहासलाई तपाई नभुल्नुस् । नत्र तपाइको कार्यकर्ता मारिन्छ र तपाइलाई पनि घेराबन्दी गरेर मारिदिन्छ । हत्या हुन्छ । सतर्क रहनुस्’