अप्पन जनकपुर
वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले बालकको हत्या आरोपमा पाँच जनालाई पक्राउ गरेको छ ।
गत पुस २३ गते जगरनाथपुर-६ का १२ वर्षीय मन्टुप्रसाद कुर्मीको घाँटी थिचेर मारिएको अवस्था शव फेला परेको थियो । उक्त घटना संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरी आज सार्वजनिक गरिएको हो ।
पक्राउ पर्नेमा गरनाथपुर-६ का ६४ वर्षीय गोवारी राउत अहिर, ५५ वर्षीय नग राउत अहिर, ३२ वर्षीय शत्रुप्रसाद यादव, मनमोहनप्रसाद यादव र रोहनप्रसाद यादव छन् ।
उनीहरूलाई पर्साको छिपहरमाई गाउँपलिका-६ भिष्वास्थित नेपाल-भारत सीमा नाकाबाट पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिए ।