अप्पन जनकपुर
चन्दन कुमार
माघ ११ ,बारा जिल्लाको आदर्शकोतवाल गाउँपालिका वाडा नम्बर ३ बतरा टोलमा हिजो एक जनाको बिबाहमा रथ दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । बेहुला बस्ने रथ ओभर स्पिड भएको कारण अनियन्त्रित भई दुर्घटना हुदा घटना स्थलमै २ जनाको मृत्यु भएको स्थानियहरुले बताएको छ। बतराकै ब्राह्मम बाबा भन्ने स्थान नीर गाउँ बाट जन्ती जादैगरेको उक्त रथ अनियंत्रित भई एउटा रुखमा ठोकिदा दुर्घटना भएको थियो । दुर्घटनामा परी जन्तीमा जाँदै गरेको १२ जना घाइते भएको छ भने केही को अवस्था गम्भीर रहे छ । त्यही घटना बारे बिस्तृत जनकारीको लागि आज बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल सहित सुरक्षा निकायका प्रतिनिधि
र सिम्रौनगढ नगरपालिका युवा तथा बिकास प्रेमी मेयर विजय शंकर यादव र नेपाली कांग्रेसका आदर्श कोतवाल गाउँपालिका सभापति एवम पालिकाका अध्यक्ष पदका उमेदवार जवाहीर साह कानुको समूह अस्पतालमा नै पुगि अवस्था बुझनु भएको छ । सो समुहमा उपस्थित सिम्रौनगढ नगरपालिका नगर प्रमुख बिजय शंकर यादव तथा आदर्श कोतवाल गाउँपालिका अध्यक्ष पदका उमेदवार जवाहिर साह कानुले मृतक परिवारलाई जनही २५/२५ हजार गरि रु एक लाख सहयोग स्वरुप उपल्बध गराउने घोषणा गर्नुभएका छ्न। जनताको सुख,दु:खको साथी बनी नगरपालिका लगायत आफ्नो जिल्लाका सम्पुर्ण जनताहरुको लागि निस्वार्थ मनले काम गर्ने तथा सहयोग गर्ने मेयर बिजय शंकर यादवको बानिले जिल्ला भरिकै जनताको मन जितेको एक स्थानियको भनाई छ ।