2024-11-24

Close

जनकपुरधाम । मधेश प्रदेशको धनुषा जिल्लाका एक सँचारकर्मीको बैँक खातामा अचानक ७ लाख रुपैयाँ आएको छ ।

धनुषा जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ६ सखुवा टोल बस्ने सँचारकर्मी रोहित खनालको एभेरेष्ट बैँकको खातामा ७ लाख रुपैयाँ आएपछि उनी आश्चर्यचकित भएका छन् ।

मंगलबार साँझ ५ः३० बजेको समयमा उनको खातामा ७ लाख रुपैयाँ आएपछि उनी चकित भएका छन् । उनले आफ्नो कुनै आफन्त वा कुनै काम वापत नै कसैले भुक्तानी नगरेको बताएका छन् ।

उनको मोबाईलमा आएको एसएमएस अनुसार अपरान्ह ७ लाख रकम वितरणको नाममा आएको छ । उनको मोबाईलमा डिसबर्समेन्ट (वितरण) को विवरण सहित खातामा पैसा आएको हो ।

यस सम्बन्धमा एभेरेष्ट बैँकको हेडक्वाटरले वितरण शिर्षकमा ७ लाख रुपैयाँ जम्मा भएको स्वीकार गर्दै कसले कसरी राखेको वा भूलवंश गएको भन्नेबारे बुधबार विहान १० बजेपछि मात्र भन्न सकिने जनाएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर