जनकपुरधाम । तराई मधेशमा जारी किसान आन्दोलनको माग सम्बोधन गर्न मधेशी आयोगले सरकारसँग अपिल गरेको छ ।
आयोगकी निमित्त सचिव सविता डंगोलले आज विज्ञप्ती जारी गरेर किसानहरुको समस्या समाधान गर्न तीनै तहको सरकारसँग अपिल गरेकी हुन् । उनले जारी गरेको विज्ञप्तीमा बेचिएको उखुको मुल्य अविलम्ब उपलब्ध गराउन पनि सरकारसँग अपिल गरिएको छ ।
तराई मधेशमा जनमत पार्टीले विगत १ महिनादेखि किसान आन्दोलन गरिरहेको छ । सो आन्दोलनको आयोगका सदस्यहरु जीवछ साह, रेणु देवी साह र विजय कुमार गुप्ताले स्थलगत अनुगमन गरेको थियो । अनुगमनपछि विज्ञप्ती जारी गरेर किसानको समस्या समाधान गर्न सरकारसँग आयोग अपिल गरेको छ ।
यसतै शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग नगर्न पनि आरोपले सुझाएको छ । बल प्रयोग गर्नु मानव अधिकारको उल्लघन गर्नु हो भन्दै राज्य संयमित भई समाधानर्थ कार्य गर्नु पर्ने विज्ञप्तीमा उल्लेख छ ।