अप्पन जनकपुर
दिपेश कुमार साह ।रौतहट।१गते
रौतहटको फतुया बिजयपुर नगरपालिका अन्तर्गत मा रहेको बिजयपुर बजारमा २७ औं जनयुद्ध दिवसको अवसरमा आइतबार को दिन रौतहटको बिजयपुर आयोजित शहिद मनरुप महतो स्मृति भवन तथा पिक्निक पार्क उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री साहले प्रचण्डलाई ‘लाल गद्दार’को संज्ञा दियो ।
परिवर्तनको एजेन्डाका साथ भएको जनयुद्धको मुल मर्मलाई लत्याउदै प्रचण्डले सत्तामा पुग्ने बाटोको रूपमा मात्र लिएको नेता प्रभु साहको भनाइ छ । फतुवा विजयपुर नगरपालिकाको उपमेयर समेत रहेकी सहिद मनरुप महतोको श्रीमती कान्ति देवी महतोको अगुवाईमा मनरुप स्मृति भवन तथा पिक्निक पार्क निर्माण भएका छ्न ।उद्घाटन कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवम् जिल्ला ईन्चार्ज उपेन्द्र साह, केन्द्रीय सदस्यहरू कुन्दन कुश्वहा र उद्धव रेग्मी, प्रदेश उप-सचिव आरती भण्डारी, जिल्ला अध्यक्ष त्रिभुवन साह फतुवा विजयपुर नेकपा एमाले नगर अध्यक्ष विजय यादव निर्बिज मौलापुर नगरपालिकाकी मेयर रीना साह, कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहालगायतका नेताहरुको सहभागिता रहेको थियो ।