सिरहा – मधेस प्रदेशको सिरहामा आईतबार एमसिसिको विरुद्धमा नेकपा एकीकृत समाजवादीको भात् संगठनका युवासंघ नेपालले बिरोध प्रदर्शन गरेको छ ।
अमेरिक सहयोग एमसिसिको विरुद्धमा युवा संघका कार्यकर्ताहरुले “एमसिसि चाहिदैन, देश बेच्न पाइदैन, बिदेशी दलालहरु होसियार, होशियार, युवासंघ नेपाल जिन्दावाद, कलम छाप जिन्दावाद” भन्दै सिरहामा बिरोध प्रदर्शन गरेको हो ।
सिरहाको युवासंघ नेपालका जिल्ला अध्यक्ष राजेश यादवको नेतृत्वमा बिरोध प्रदर्शन कार्यक्रम गरिएको थियो । सयौँ कार्यकर्ताको सहभागीतामा सिरहामा एमसिसि विरुद्ध नारावाजी गरिएको हो ।
सिरहाको हेमनारायण चौक हुँदै महावीर चौकमा परिक्रमा गरि हेमनारायण चौकमा कोणसभा गरेका थिए । कोणसभामा नेकपा(एकीकृत समाजवादी) मधेश प्रदेश कमिटी सदस्य रबिन्द्र साह, अमिरी यादव, युवा संघका जिल्ला अध्यक्ष राजेश यादव लगायत अन्य नेतागन ले सम्बोधन गरेका थिए ।
“एमसिसिको विरुद्धमा आज जुन आदोलन भयो यदि यो आन्दोलन बाट एमसिसि फिर्ता नलिए हामी चरणबध रुपमा आन्दोलनमा जानेछौ भनेर युवा नेता ई. रोशन यादवले जानकारी गराउनु भयो ।