अप्पन जनकपुर
काठमाडौं – सरकारले नेपाल प्रहरीमा तीन जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी थपेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीमा तीन एआईजीको दरबन्दी थप गर्ने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले बताए ।
प्रहरी प्रधान कार्यालयको प्रस्तावअनुसार सरकारले तीन जना एआईजीको दरबन्दी थप गरेको हो । तीन एआईजी थपको प्रस्ताव प्रहरी प्रधान कार्यालयले माघ पहिलो साता नै गृह मन्त्रालयमा पठाएको थियो ।
तीन एआईजी थप भएसँगै प्रहरीमा एआईजीको संख्या ८ पुगेको छ । थपिएका एआईजीको दरबन्दी प्रहरी प्रधान कार्यालयको प्रशासन विभाग, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र प्रदेश समन्वय विभागमा रहने छ ।