अप्पन जनकपुर
दिपेश कुमार साह।रौतहट । फागुन ३ गते रौतहट जिल्लाको चन्द्रनिगाहपुर गौर सडकखण्ड अन्तर्गत हर्साहा चौकमा स्कार्पियो गाडीको ठक्करबाट २ जना पैदलयात्रुको मृत्यु भएको छ भने एक जना प्रहरी घाइते भएको हो।
स्कार्पियो बा १७ च ६१६३ नम्बरको गाडीले गएराती हर्साहा चौकमा ठक्कर दिंदा २ जना युवक पैदलयात्रुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रहरी प्रवक्ता नायव उपरिक्षक शुनिल मलले बताए ।
मृत्यु हुनेमा बृन्दाबन नगरपालिका वडा नम्बर ६ हर्साहाको ३५ वर्षीय जितेन्द्र पटेल र सोही गाउँका २८ वर्षीय हरिकुमार ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रहरी प्रवक्ता मलले बताएका छन् । उनका अनुसार ठक्कर लागि गम्भीर घाइतेभएका ठाकुरको उपचारको क्रममा स्थानीय अस्पताल र पटेलको उपचारको लागि एम्बुलेन्सबाट भरतपुर जाने क्रममा रातिनै मृत्यु भएका छ्न ईलाका प्रहरीले हर्षाहा ले जनाएको छ