अप्पन जनकपुर
जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउत भोलि तिनकौरिया आइरहेको छ।
जनमत पार्टी विदेह नगरपालिकाले आयोजना गर्ने आमसभालाई सम्बोधन गर्न उनी धनुषाको तिनकौरिया आउने भएको हो।
अध्यक्ष डा. सीके राउत प्रमुख आतिथ्यमा भोलि बिहिवार १२ बजे तिनकौरियामा हुने विशाल आमसभामा हजारौंको संख्यामा आमजनसमुदायको सहभागित रहने युवा जनमत संघ धनुषा इन्चार्ज धिरज मण्डलले बताए ।
जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खानलगाइत पार्टीका नेता,कार्यकर्तालगाइतका व्यक्तिहरुको उपस्थितिमा आमसभा हुन गैरहेको इन्चार्ज मण्डलले जनाए।
सो विशाल आमसभामा किसान, शिक्षक, कर्मचारी, बुद्धिजीवी, व्यपारी, समाजसेवी, युवा, विद्यार्थी र महिलाहरुलाई समेत सहभागी हुनको लागि अनुरोध गरिएको हो।
भोलि बिहीबार हुने विशाल आमसभाको लागि तिनकौरियास्थित रहेको जनता नमूना माध्यमिक विद्यालयको प्राङ्गणमामा सम्पुर्ण तयारी पूरा भएको पार्टीको विदेह नगरपालिका ५ का वडा अध्यक्ष रामकुमार मण्डलले जनाए।