अप्पन जनकपुर
काठमाडौं । धनुषाको गणेशमान चारनाथ नगरपालिकाकी उपमेयर मीना कुमारी यादव माओवादी केन्द्र परित्याग गर्दै एमालेमा प्रवेश गरेकी छन्।
उनलाई भक्तपुरको बालकोटस्थित निवासमा एमाले अध्यक्ष केपी शर्मा ओलीले एक कार्यक्रमबीच स्वागत गरेका छन्।
२०७४ को स्थानीय तह निर्वाचनमा गणेशमान चारनाथ नगरपालिकाको मेयरमा संघीय समाजवादी फोरमका रामबाबु यादव विजयी भएका थिए। उपमेयरमा माओवादी केन्द्रकी मीना यादव विजयी भएकी थिइन्।
उपमेयरमा विजयी माओवादी केन्द्रकी मीनाकुमारी यादवले संघीय समाजवादी फोरमकी निशा मोक्तानलाई हराएकी थिइन्।
त्यसैगरी जनमोर्चाबाट गाविस अध्यक्ष जितेर हाल माओवादी केन्द्रमा रहेका नेता विष्णुदेव यादव पनि एमालेमा प्रवेश गरेका छन्। उनी माओवादी नेता एवम् जनयुद्धका सहिद रामवृक्ष यादवका भतिजा हुन्।