अप्पन जनकपुर
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरको स्वास्थ्यमा एक्कासी समस्या आएपछि अस्पताल भर्ना भएका छन् ।
लोसपा अध्यक्ष ठाकुर चुनावी कार्यक्रमका लागि लुम्बिनी प्रदेशको रुपन्देहीको भैरहवामा थिए । बुधबार एक्कासी स्वास्थ्यमा गडबढी भएपछि हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो ।
भैरहवामा ठाकुरलाई सामान्य ज्वरो, पखाला तथा डिहाइड्रेसन जस्ता समस्या दोखिएपछि हेलिकप्टरबाट संघीय राजधानी काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार भइरहेको लोसपा नेता डा.सुरेन्द्र झाले जनाएका छन् ।
नेता झाका अनुसार मेडिसिटीमा चिकित्सकहरुको ब्रिफिङ्गअनुसार प्रारम्भिक जाँचमा स्वास्थ्य अवस्था सामान्य रहेको र गम्भीर समस्या केही देखिएको छैन ।