अप्पन जनकपुर
जनकपुरधाम । सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ । देशभरी चुनावी माहोल भइरहदा विदेह नगरपालिकामा अझ धेरै चुनावी चहलपहल बढेको छ । मिश्र सोही विदेह नगरपालिकाको उम्मेद्बारी घोषणा गरेका थिए । त्यसपछि बरुन मिश्रले पनि मेयरमा आफ्नो उम्मेद्बारी घोषणा दिएको फेसबुकबाट जानकारी दिएका छन् ।
विगत ८ वर्षदेखि राजनीति क्षेत्रमा आबद्ध रहँदै आएका मिश्र सांसद उमाशंकर अरगरिया निकट रहेका उनी लोकतान्त्रिक समाजवादी पार्टीमा आबद्ध छन् । उनी लोकतान्त्रिक समाजवादी पार्टीबाट आफ्नो उम्मेदवारी दिन लागेको बताउँछन् ।
‘राजनीतिलाई पेशा होइन, सेवाको रुपमा हेरिनुपर्छ’ भन्ने मान्यता राख्ने मिश्र फरक दलमा आस्था राख्ने नेताकार्यकर्ताको समेत साथ रहने मिश्रले जानकारी दिए ।