कृष्णा यादव
वीरगंज ५ बैशाख – सशस्त्र प्रहरीबल १३ गणले ट्रकसहित ६२ लाखभन्दा बढी मूल्यको राजस्व छलिको सामान पक्राउ गरेको छ।
सशस्त्र प्रहरीले वीरगंजको गण्डकचौक बाट ६२ लाख ५६ हजार भन्दा बढी मूल्यको राजस्व छली भारतवाट नेपाल भित्र्याइएको अवैध सामान सहितको ट्रकलाई नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बल १३ नम्बर गंणले विशेष सुचनाको अाधारमा भारतवाट अवैध तरिकाले राजशव छलि गरि ल्याएको ट्रक वीरगंजभई काठमाडौ जाँदै गरेको अवस्थामा प्रज्ञापन पत्र भन्दा सामान बोकेको ट्रकलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख एवम प्रहरी उपरीक्षक तेज पोखरेलले बताउनुभयो।
वीरगंजको गणडकवाट पक्राउ गरेको ना६ ख ४४७४ नम्बरको ट्रकवाट ४२ लाख ५६ हजार १ सय २९ रुपैयाँ बराबरको मोबिल, भारतीय कपडा र खुद्रा सामानहरु २० लाख बराबर जम्मा गरि ६२ लाख ५६ हजार १ सय २९ रुपैयाँ मूल्याङ्कन गरेर थप कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिए ।