दिपेश कुमार साह ।मधेस प्रदेश बारा।बैशाख
आदर्श कोतवाल गाउँपालिकाका मेयर उम्मेदवार बिजय गुप्ताले बिधालय बाट राजनीतिक सुरु गरेको थियो।
गुप्ताले आज आफ्नो गाउँ समाज सेवाको लागी जनमत पार्टी बाट मेयर उमेदवार मा कक्षा नौ मा पढदा समय २०६३ सालमा जय सरस्वती युवा क्लब पटेर्वा को सचिव पदमा रहि समाज सेवामा प्रबेश गरेको थियो सोही समय देखि २०६३ सालको अन्त्य तिर मधेसी विधार्थी फ्रन्ट पटेर्वा कमिटीको सचिव बाट राजनीतिक यात्राको सुरुवात गरेको थियो अब आदर्श कोतवाल गाउँपालिका मेयरका दबदार रहेको छ यस गरि २०६३/०६४ को जनआन्दोलन र मधेस आन्दोलनमा सकृय योगदान रहेको थियो । २०६४ सालमा मधेसी विधार्थी फोरमको जिल्ला सदस्यमा मनोनीत भई सकृय जिम्मेवारी वहन गरेको थिए । २०६६ मा मधेसी विधार्थी फोरम लोकतान्त्रिक को जिल्ला उपाध्यक्षमा सर्वसहमतिबाट चयन भएको थियो । २०६८ मा सिद्धेश्वर विद्यायलयमा हजारौ विधार्थीहरुको भेला गराई मधेसी विद्यार्थी फोरम गणतान्त्रिक को जिल्ला अध्यक्षमा सर्वसहमतिबाट चयन थिए । २०६९ सालमा मधेसी फोरम गणतान्त्रिक को जिल्ला सदस्यमा मनोनित । २०७० सालमा तराई मधेस युवा अभियान को केन्द्रीय प्रवक्ता को पदमा सर्वसहमतिबाट चयन । २०७२सालको मधेस आन्दोलन र ६ महिनाको नाकाबन्दीमा आफ्नो ज्यानको बाजि लगाई सकृय भुमिका निर्वाह गरेको थिए । २०७३ मा तराई मधेस राष्ट्रिय अभियान का जिल्ला संयोजक र केन्द्रीय सदस्यको रुपमा जिम्मेवारी वहन थिए । मधेसको अन्तिम बिकल्प जनमत पार्टी नै रहेको दृढ संकल्प लिई २०७७ सालमा जनमत पार्टीमा प्रबेश गरेको थियो । जनमत पार्टीमा सकृय भुमिका निर्वाह गर्दै २०७८ सालमा जनमत पार्टीको बारा जिल्ला सचिवमा केन्द्रबाट मनोनित । जनमत पार्टीमा जोडदार सकृय रही विभिन्न जिम्मेवारी बहन गर्दै २०७९ साल बैशाख ०५ गते जनमत पार्टीको तर्फबाट आदर्श कोतवाल गाउँपालिका प्रमुख (मेयर) पदको उम्मेदवार मनोनयन-पत्र (टिकट) पाउनु भएको छन।