जनकपुरधाम । धनुषा जिल्लाको विदेह नगरपालिकामा अहिले पनि सूर्य छाप (एमाले) को अग्रता कायमै छ । सोही क्रममा विदेह नगरपालिका वडा नम्बर १ मा एमालेबाट उम्मेदवारी दिएका संजय पाण्डे वडाध्यक्ष पदमा विजयी भएका छन् ।वडाबाट भएको कुल १७२७ मतगणनाबाट ३७२ मत ल्याएर पाण्डे विजयी भएका हुन् । उनको निकटम प्रतिद्धन्द्धी नेकपा (समाजवादी) कलम छापबाट ३६५ मत ल्याएर पराजित भएका हुन् ।