जनकपुरधाम । धनुषाको औरही गाउँपालिकामा ३६ करोड ३४ लाख ४६ हजारको बजेट ल्याएको छ । नगरभाको नीति तथा कार्यक्रम अध्यक्ष उमा शंकर साहले शुक्रबार आज छैठो गाउँ सभामा प्रस्तुत गर्दै सार्वजनिक गरेका छन् ।
आर्थिक बर्ष २०७९/८० मा आन्तरिक श्रोत तर्फबाट ३२ लाख, प्रदेश सरकार समानिकरण तर्फबाट ७१ लाख ४ हजार, समानिकरण केन्द्र तर्फबाट १० करोड ३० लाख, राज्शव बाडफाड तर्फबाट ६ करोड ८९ लाख ५० हजार, चालु आब कोबाकी रकम तर्फबाट १ करोड ५० लाख, समपुरक अनुदान प्रदेश तर्फबाट २९ लाख, विषेश अनुदान प्रदेश तर्फबाट ३० लाख, युनिसेफ नेपाल तर्फबाट ११ लाख ५० हजार ६०० सय रुपैयाँ अनुमानित बजेट विनियोजन गरेको हो । औरही गाउँपालिकाका उपाध्यक्ष पुनम कुमारी साहले सो बजेट प्रस्तुत गरेकी हुन् ।
औरही गाउँपालिकाले बजेट गरेको रकम मध्ये संघीय सरकार शर्सत ( चालू ) तर्फबाट १४ करोड १८ लाख, संघीय सरकार शर्सत ( पुजिगत ) तर्फबाट १ करोड ८२ लाख रुपैयाँ विनियोजन गरेको छ ।
नगरसभाले बजेटमा फोहरमैला प्लास्टिक व्यवस्थापन, शिक्षा, स्वास्थ्य, खेलकुद, रोजगारी सृजना तथा सहकारी, स्वास्य सेवामा सुधार एवं पहुँच, वातावरण संरक्षण लगायतको नीति ल्याएको छ । सो सभामा वडा अध्यक्षहरु, वडा सदस्य सहित कार्यपालिकाको सदस्यहरु सहभागिता रहेको थियो ।
यी निति तथा कार्यक्रमलाई योजनाको तराजुमा र गहन रुपको छलफल अन्तर्गत कुन योजना प्राथमिकता राख्ने , कुन योजना अभिलमभ कार्यनयन गर्ने जस्तै, कृषि , शिक्षा र स्वास्थ्य मुल धारमा रहेकोर यो बजेट जनताले नमुनाको रूपमा लिने गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत असोक कुमार यादवले बताए । साथै, उनले सभामा बोल्दै भने, ” यहाँहरु यो निति तथा कार्यक्रम पारित गर्न जानुहुन्छ र सो बजेटलाई स्तम्भको रूपमा लिई कार्यनयन बिधि अगाडि लैजाने ” बिश्वास व्यक्त गरे ।यद्यपि, चुनावको समयमा पालिका वासिन्दा सँग वाचा अनुरुप पदभार ग्रहन गरेपछि यस् आर्थिक बर्षमा गाउँपालिका अध्यक्ष साह्ले ल्याएका छन् । नगर सभामा नीति तथा कार्यक्रम सर्वसहमती बाट सार्वजनिकरण भएको हो ।