जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले बिभिन्न माग राख्दै सोमबार प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ ।
प्रमुख जिल्ला अधिकारी मार्फत् पठाइएको ज्ञापनमा जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिने र वैवाहिक अंगीकृतलाई बर्तमान कानुन अनुसार नै नागरिकता दिने कार्य हालसम्म हुन नसहेकाले द्रूत गतिमा अगाडि बढाई कार्यान्वयन गर्न माग गरिएको छ ।
मधेश÷थरुहट आन्दोलन लगायत बिभिन्न आन्दोलनमा लगाइएका झुठा मुद्दा फिर्ता गरी महोत्तरी र कैलालीमा रहेका रेशम चौधरी लगायतका राजबन्दीलाई रिहा गर्नुपर्ने, नेपालका बिभिन्न उत्पीडीत समुदा मधेशी, थारु, आदिवासी जनजाती, शिल्पी, महिला, मुश्लिम लगायतको सम्मान, पहिचान र अधिकार प्राप्तिका लागि संविधानमा संशोधन गर्न ज्ञापनमा माग गरिएको छ ।
यस्तै, देशमा व्याप्त महंगी, भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने, कृषिको लागि मलखाद्यको व्यवस्था गर्नुपर्नेसहितका माग ज्ञापनमा गरिएको छ ।