अप्पन जनकपुर
जनकपुरधाम । मधेश प्रदेशको धनुषा जिल्लामै समुदायिक विद्यालयहरुमध्ये अध्ययन अध्ययापनले चर्चामा रहँदै आएको धनुषाको बेलापट्टि माविमा दिग्गज व्यक्तिहरुले अवलोकन गरेका छन् ।
सोमबार अमेरिकाको विश्वविद्यालयमा कार्यरत अंग्रेजी विभागका विभागीय प्रमुख तथा ख्यातिप्राप्त व्यक्तित्व प्रमोद मिश्रले विद्यालयमा अवलोकन गरेका हुन् ।
धनुषा जिल्लामै समुदायिक विद्यालयहरुमा सबभन्दा बढी बालबालिका अध्ययनरत एवम् प्राविधिक विद्यालय सँचालन गर्न सफल भएका विद्यालयका प्रधानाध्यापक पवन मण्डलको कार्यप्रति प्रशँसा व्यक्त गर्दै स्थलगत अवलोकनको लागि आएका हुन् ।
मिश्रका साथै साहित्कार नित्यानन्द मण्डल र बुद्धिजीवी तुलानारायण साहसमेतको टोलीले विद्यालयमा अनुगमन गरेका हुन् ।
विद्यालयका प्रअ मण्डलसहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधेश्याम गोईत यादव, क्याम्पस सँचालकका अध्यक्ष रामसागर पंडित, शि.अ.सं.को अध्यक्ष उतिमलाल मंडल र शिक्षक÷शिक्षिकाहरुबाट विद्यालयलाई उत्कृष्ट तथा नमूना बनाउन प्रअ मण्डलले गरेको प्रयास तथा सफलताको कहानी सुनेका थिए ।