काठमाडौं । बागमती प्रदेश सरकारले ३ जना प्रहरी अधिकृतलाई शान्तिमाला पदकद्वारा विभुषित गरेको छ ।
विभुषित हुनेहरु जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारी, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) मुनेन्द्र थापा र बागमती प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) रोशन थापा रहेका छन् ।
प्रदेश सरकारले १५ औँ गणतन्त्र दिवस २०७९ को अवसरमा विभिन्न क्षेत्रमा विशेष योगदान पुर्याएका व्यक्तिहरुलाई पदकद्वारा सम्मान गर्ने घोषणा गरे अनुसार बिहीबार उनीहरु सम्मानित भएका हुन् ।
शान्ति तथा अमन चयन कायम गर्न उल्लेखनिय योगदान पुर्याएवापत प्रहरी अधिकृतहरुलाई शान्तिमाला पदकद्वारा विभुषित गरिएको प्रदेश सरकारले जनाएको छ ।