बारा । बारा जिल्लाका एक युवकमाथि भारत सरकारले ३ लाख रुपैयाँको ईनाम राखेको सूचना टाँस भएको छ ।
बारा जिल्ला बिजलपुर, पण्डितपुर बस्ने भनिएको नुर मोहम्मद नामक युवकको बारेमा जानकारी दिनेलाई भारत सरकारले ३ लाख रुपैयाँ नेपाली ईनाम दिने घोषणा गरेको छ ।
जाली भारतीय मुद्रा नोट रैकेटका सदस्य भनिएको नुर मोहम्मदलाई पक्राउ गर्न भारत सरकारले ईनाम राखेको हो ।
भारत सरकारको गृह मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय अन्वेषण अभिकरण (National Investigation Agency) ले रक्सौल बजारमा सूचना टाँस गरी उनलाई पक्राउ गर्ने वा उनको बारेमा जानकारी दिनेलाई भारु २ लाख रुपैयाँ ईनाम दिने उल्लेख गरिएको छ ।
जो व्यक्ति बारा जिल्लाको बिजलपुर, पण्डितपुर बस्ने एस मोहम्मदका छोरा नुर मोहम्मदको बारेमा कोही जानकारी दिएमा उनको जानकारी गोप्य राखिनेछ भने उनलाई २ लाख रुपैयाँ भारु ईनाम समेत दिने भएको छ ।
नुर मोहम्मदको बारेमा जानकारी दिनको लागि भारतीय राष्ट्रिय अन्वेषण अभिकरणल [email protected] ठेगानाको ईमेल समेत जारी गरेको छ ।